Aamcha
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
pagetitle

पोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो?

Homeपोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो?
aamchacareChild Care No Comments
24 Oct

पोलियो (पोलियोमाइलाइटिस) रोग पोलियो भाइरसको कारणले हुने संक्रामक रोग हो। यसले मुख्यत: मेरुदण्ड वा मस्तिष्कको स्नायु प्रणालीलाई असर गर्छ। पोलियो भाइरसबाट संक्रमित व्यक्तिलाई सुरुमा सामान्य लक्षणहरू देखापर्छन्, जस्तै: ज्वरो आउनु, पखाला लाग्नु, जिउ दुख्नु, थकान महसुस इत्यादी। यी लक्षणहरू अरू साधारण भाइरल संक्रमण जस्तै देखिए पनि, यदि भाइरसले स्नायु प्रणालीमा गहिरो असर पुर्याएमा, संक्रमण गम्भीर बन्दै जान सक्छ। जसले गर्दा अंगहरू लुलो पक्षघात गराई चलाउन नसक्ने हुन्छ र बालबालिकाको मृत्यु समेत हुनसक्छ।

पोलियो रोग कसरी सर्छ ?
पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ, र रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ ।

पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ?

पोलियो रोग सामान्यतया जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ। तर पाँच वर्षभन्दामुनिका बालबालिकामा यसको उच्च जोखिम हुन्छ । पोलियो खोप नलगाएका वा पोलियो खोपको पूरा मात्रा नलगाएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन् । समुदायमा एक जना बच्चालाई पनि पोलियो रोग भएमा अरू बालबालिकालाई सर्ने सम्भावना बढी हुन्छ ।

पोलियो रोगबाट कसरी बच्न सकिन्छ?

पोलियो रोगको हालसम्म कुनै निश्चित उपचार छैन, पक्षघात भइसकेपछि यसको कुनै पनि उपचार सम्भव छैन । त्यसैले यो लाग्नबाट नै बच्नुपर्छ। त्यसैले यसबाट सुरक्षित रहने सबैभन्दा उत्तम र प्रभावकारी उपाय भनेको पोलियो खोप नै हो। बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार नियमित रूपमा पोलियो विरुद्धका खोपहरू पूर्ण मात्रामा दिनु अनिवार्य छ।

साथै, व्यक्तिगत सरसफाइमा ध्यान दिन महत्त्वपूर्ण हुन्छ। सधैं हात सफा राख्नु, दुर्गन्धित खानेकुराबाट टाढा रहनु, र सुरक्षित खाना र पानीको प्रयोग गर्नाले किटाणु बाट जोगिन मद्धत गर्छ । शुद्धिकरण गरिएको पानी पिउनु र स्वच्छ खानामा विशेष ध्यान दिनाले पनि पोलियोको जोखिमबाट बच्न सकिन्छ।

पोलियो विरुद्धका खोपहरु कुन उमेरमा लगाउनु पर्दछ ?

पोलियो रोग विरुद्धको खोप दुई प्रकारका हुन्छन् ।

मुखबाट खुवाइने खोपः ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा)

सुईबाट दिइने खोपः इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) – २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा)

नोट: यदि खोपको डोज छुटेमा खोपले राम्ररी काम गर्दैन र विभिन्न संक्रमणको जोखिम रहन्छ । त्यसैले पूर्ण खोपलाई अनिवार्य रुपमा लगाउनैपर्छ ।

Share

Post navigation

  • कस्तो अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्छ?
  • गर्भवतीले कुन-कुन अवस्थामा सम्भोग गर्नुहुँदैन?

Leave A comment Cancel reply

Category
  • Child Care
  • Family Care
  • Pregnancy Care
  • Women Health

Recent Articles

  • 13 October 2025
    गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?
  • 13 October 2025
    गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?
  • 13 October 2025
    गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू
  • 13 October 2025
    आमामा देखिने पोस्टपार्टम डिप्रेसन

Related articles

Get the latest insights, expert tips, and updates to stay informed and inspired.

13 Oct

गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिलाका लागि अनजान र चुनौतीपूर्ण हुन सक्छ। जब महिनावारी बन्द हुन्छ,

13 Oct

गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?

के तपाईंलाई गर्भवती हुँदा बारम्बार पानी पिउन मन लागिरहेको छ? तपाईं एक्लो हुनुन्न। गर्भावस्थामा अत्यधिक तिर्खा

13 Oct

गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू

गर्भावस्था जीवनको सबैभन्दा सुन्दर र संवेदनशील समय हो, जहाँ एउटी आमाको शरीरमा नयाँ जीवन पलाउँदैछ। यो

Aamcha Pro

Complete care of mother and child.

Welcome to Aamcha, where Moms and Families Find Care, Connection, and Comfort.

Make Appointment

Trusted maternal care community platform, dedicated to the health, education, and empowerment of mothers and families.

Social Media
Icon-micare-facebook Icon-micare-instagram Icon-micare-linkedin2 Youtube
Need help ?
  • Chat on Whatsapp
  • Make an Appointment
  • FAQs
  • Contact Us
Quick Link
  • Home
  • About Us
  • Services
  • Courses
Contact Us
  • Chabahil, Kathmandu, Nepal 44600
  • mail@aamcha.com
  • (+977) 976-7988398
  • Chat on Whatsapp
  • ©Aamcha,
  • All Rights Reserved.
  • Privacy policy
  • Terms & Conditions