कति बेला बन्छ यौन जीवन बोझिलो ?

heart, wedding, marriage-529607.jpg

यौन भन्नसाथ त्यसलाई ‘छाडा’ भनेर नाक खुम्च्याउने प्रवृत्तिले यस सम्बन्धमा खुला बहस हुन सकिरहेको छैन । नतिजा, यौनकुण्ठा जस्ता मनोविकारले धेरैलाई ग्रस्त बनाइरहेको छ ।

खासगरी दाम्पत्य जीवनमा यौन सम्बन्धले खास महत्व र अर्थ राख्छ। यौन सम्बन्ध बनाउनु भनेको केवल बंश निरन्तरताका लागि मात्र होइन । न त हल्का मनोरञ्जनका लागि मात्र । यो दम्पतीको मन, शरीरलाई एकाकार गर्ने एउटा प्राकृतिक र उत्तम विधी हो ।

यौन सम्बन्धमा जुन किसिमको मधुरता हुन्छ, त्यसले दम्पतीको सम्बन्धमा उर्जाको संचार हुन्छ । तर, यौन सम्बन्ध बोभिलो भयो भने उनीहरुको सम्बन्ध पनि फिका हुन पुग्छ । आखिर किन यौन सम्बन्ध बोझिलो हुन्छ रु यसका दोषी को ? श्रीमान् कि श्रीमती ? वा दुबै ?

बेफुर्सदिला दम्पती

अहिले जमाना बद्लिएको छ । मान्छेको दिनचर्या बद्लिएको छ । आधुनिक उपकरणसँग एकाकार हुँदै गएको मानव जीवनमा धैर्यताको कमी हुँदैछ । एक क्लिकमै संसारको सूचना पाउने आकंक्षा जस्तै हरेक कुरा छिटो९छरितो होस् भन्ने चाहन्छन् । भनौं, सबैलाई एक किसिमको हतारो छ ।

छिटो पढाई सक्ने, छिटो रोजगारी गर्ने, छिटो धन कमाउने, छिटो मान-प्रतिष्ठा आर्जन गर्ने । यो हतारो एक प्रवृत्तिको रुपमा विकास भएको छ । यसको साइड इफेक्ट मानिसको यौन जीवनमा पर्न थालेको छ ।

यौनमा पनि हतारो १ हो त, हामीलाई अहिले यौन सम्बन्धलाई सुमधुर बनाउने फुर्सद छैन । यौन सम्बन्ध क्षणभरमै बनाउने र क्षणभरमै त्यसबाट सन्तुष्ट प्राप्त गर्ने चाह बढेको छ।

अर्कोतिर काम, करियर, पैसा आदिको चक्करमा मानिसहरु थाक्दै, गल्दै गएको छ । उनीहरुको मस्तिष्कमा केवल ‘कसरी कमाउने’, ‘कसरी सफल हुने’, ‘कसरी प्रगति गर्ने’ भन्ने कुरा मात्र घुम्न थालेको छ । यसरी उनीहरु यौनबाट क्रमस टाढिदै गएका छन् । आफ्नै शरीर र शरीरको आवश्यक्तालाई भुलेर सुख(सुविधा, उन्नती)प्रगति, मान-प्रतिष्ठा खोजिरहेका छन् । यसले उनीहरुको यौन जीवन क्रमस ओझेल पर्दै गएको छ ।

दिनभर दम्पती काममा व्यस्त हुन्छन् । दुबै आ-आफ्नै कमाई, धन्दामा लाग्छन् । दुबैलाई काम र करियरकै धुन हुन्छ । साँझ घर र्फकन्छन् । फेरी उनीहरु मोबाइल, टिभी वा सामाजिक सञ्जालमा भुलिन्छन् । आपसी सम्वाद हुँदैन । स्पर्श हुँदैन । शारीरिक सम्बन्धको कुरा छाडौं ।

शारीरिक सुखभोगको झन्झट

अर्कोतिर, यौन सम्पर्कपछि गर्भनिरोधक औषधी सेवन गर्नुपर्ने वा गर्भनिरोधका उपाय अपनाउनुपर्ने जस्ता झन्झटले पनि उनीहरुलाई शारीरिक सुखभोगमा भाँजो हालेको छ । यसरी दम्पतीको सयन कक्ष चिसिदै गएको अवस्था छ।

तर, यो सकारात्मक संकेत होइन। किनभने दम्पतीबीच नियमित र सक्रिय यौन सम्बन्ध आवश्यक हुन्छ। दम्पतीको सम्बन्धमा मधुरता ल्याउनका लागि उनीहरुको यौनजीवन उत्तिकै मिठासपूर्ण हुन आवश्यक छ।

यौन सम्बन्ध रसिलो एवं कसिलो हुनुपर्छ भनेरै हाम्रा पूर्खाहरुले त्यसका लागि अनेकन विधीहरुको खोजी गरेका छन् । अभ्यास गरेका छन्। यौन सम्बन्ध केवल क्षणिक सन्तुष्टका लागि मात्र होइन, त्यसको प्रभाव दिर्घकालिन हुनुपर्छ भन्ने गरिएको छ । त्यसैले त यौन सम्बन्धका क्रममा प्राकक्रिडा, यौनासन लगायतका विधीहरुको अभ्यास हुँदै आएको।