गर्भवतीले कुन-कुन अवस्थामा सम्भोग गर्नुहुँदैन ?

गर्भ रहेको बेला यौन सम्पर्क गर्न हुन्छ कि हुदैन भन्ने कुरामा दम्पतीहरु दोधारमा पर्ने गरेका हुन्छन् ।

यदि निश्चित समयसम्मका लागि हो भने सुरक्षित तरिकाले यौन सम्पर्क गर्न सकिने चिकित्सकहरुको भनाई छ । यदि गर्भमा समस्या छ भने, असमान्य गर्भ भएमा, संवेदनसिल अवस्थामा यौन सम्पर्क गर्न जोखिमपूर्ण हुन्छ । अन्यथा सुरक्षित एवं संयमित भएर यौन सम्पर्क गर्न सकिन्छ ।

तर रक्तश्राव भएको छ भने चाहि यौन सम्पर्क गर्न मिल्दैन । डाक्टरले कुनै कुनै अवस्थामा गर्भवती महिलालाई सम्भोग नगर्ने सल्लाह पनि दिन सक्छन् । रक्तस्राव, पेट दुखाई वा ऐठन, पानीको थैली फुटेको, ग्रीभाको कमजोरी, प्लेसेन्टा प्रिविया तल अवस्थित भएमा यौन सम्पर्क राख्न हुदैन ।

यदि श्रीमानलाई जनन्द्रिय दाद (जेनिटल हर्पिस) छ भने पनि सम्भोग नगर्ने सल्लाह डाक्टरले दिन सक्छन् । यदि महिलालाई गर्भावस्थाको दौरान पहिलोपटक जेनिटल हर्पिस भयो भने यसले गर्भमा बढिरहेको शिशु प्रभावित बन्न जोखिम हुन्छ ।

गर्भावस्थाका दौराना महिलाको पेल्भिक एरियामा बढेको रक्त प्रवाहले कामोत्तेजना बढ्न पनि सक्छ । यही कारण केही महिलले सहवासको समाप्तिपछि बेचैनी महसुस गर्न सक्छन् । केही महिलाहरुले गर्भावस्थाको दौरान आफ्नो यौनांगमा संवेदनशीलता कम भएको र पहिलेजस्तो चरमोत्कर्ष नभएको महसुस गर्छन् । धेरै महिलाहरुले सजिलैसग चरमोत्कर्षमा पुग्न सक्दैनन् ।

केही गर्भवती महिलाहरुलाई सम्भोग गर्दा पीडा हुन्छ, यदि भित्रैसम्म भेदन भयो भने । तर यसलाई समाधान गर्न त्यस्तो आसन अपनाउन सकिन्छ जसमा भेदन कम हुन्छ र महिलाको नियन्त्रण हुन्छ ।

Back to top