महिलाहरुमा बढ्दैछ हृदयघातको जोखिम

लामो समयदेखि प्रायः पुरुषलाई दु:ख दिँदै आएको हृदयघात अब महिलाहरुमा पनि अधिक देखिन थालेको छ।

युरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी) को वैज्ञानिक सम्मेलन हार्ट फेलियर–२०२३ मा प्रस्तुत एक अध्ययनका अनुसार पुरुषको तुलनामा महिलामा हृदयघातपछि मृत्युको सम्भावना दुई गुणा हुन्छ। पुरुषजस्तै सयममै उपचार प्राप्त गरे पनि महिलाहरुमा सो समस्या बढ्दो रहेको पाइएको छ।

भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका कार्डियोलोजी र कार्डियो थोरासिक सर्जरीका वरिष्ठ सल्लाहकार डा. वरुण बंसल भन्छन्, ‘मान्छेले के सोच्छन् भने हृदय रोगले मुख्य रूपले पुरुषहरुलाई मात्रै प्रभावित गर्छ। तर, हृदय रोग विश्वभरि नै पुरुष र महिला दुवैको मृत्युको प्रमुख कारण रहेको छ। यद्यपि, हृदय रोगको लक्षण लिंगको आधारमा भिन्न पनि हुनसक्छ जसले गर्दा रोगको पहिचान, निदान र उपचारमा अन्तर हुनसक्छ।’

देखिन सक्छ यी लक्षण
अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरुलाई प्रायः हृदयघातको विभिन्न लक्षणहरु देखापर्छ। पुरुषहरुमा छाती दुख्नु, छटपटी हुनु र महिलाहरुमा भने असामान्य लक्षण तथा विभिन्न चेतावनी संकेतहरुको अनुभव हुन सक्छ। स्वास लिनमा समस्या, थकान, वान्ता, पिठ्युँ दुख्नु र रिगंटा लाग्ने लक्षणहरु देखिन सक्छ।

यी लक्षणहरु सधैं हृदय रोगसँग मात्रै जोडिएको हुँदैन। त्यसैले महिलाहरु उपचार गर्न वा चिकित्सकको सल्लाह लिनमा ढिलाइ गर्छन् जसले गर्दा रोग खतरनाक स्तरसम्म पुग्छ।

अमेरिकन हार्ट एसोसिएशनको जर्नलमा प्रकाशित एक अर्को अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरुलाई प्रथम हृदयघातपछि पाँच वर्षभित्र हर्ट फेल तथा मृत्युको जोखिम २० प्रतिशत बढ्छ। यसबाहेक हृदयघात पुरुषको तुलनामा महिलाहरुको उमेर अधिक हुने र उनीहरुको मेडिकल हिस्ट्री जटिल हुने सम्भावना अधिक हुने अध्ययनमा उल्लेख छ।

स्वास्थ्य विज्ञहरुका अनुसार महिलाहरुमा प्रायः मेनोपेज (महिनावारी बन्द)पछि हृदय रोग विकसित हुने सम्भावना हुन्छ, जब एस्ट्रोजनको सुरक्षात्मक प्रभाव कम हुन जान्छ। हृदय प्रणालीमाथि एस्टोजनको लाभकारी प्रभाव हुन्छ, जसमा स्वस्थ रक्तवाहिका कार्यलाई बढाउने र सुन्निने समस्यालाई कम गर्छ। चिकित्सकहरुले मेनोपजपछि महिलाहरुलाई आफ्नो शरीरमा परिवर्तन र हृदय सम्बन्धी जोखिममा वृद्धि भएको अनुभव हुन सक्छ।

पहिलेको तुलनामा उक्त रोगमा विभिन्न कारणहरु देखिएको छ, जसमा पलिसिस्टिक ओवरी सिन्ड्रोम (पीसीओएस), गर्भावस्थासँग सम्बन्धित जटिलताहरु जस्तै गेस्टेशनल डायबिटीज र प्रीक्लेम्पसिया, सबक्लिनिकल डिप्रेशन, काम र घरेलु जिम्मेवारीहरुको अतिरिक्त तनाव सामेल रहेको छ।

चिकित्सकहरुले यसको समाधानका लागि जागरुकता बढाउनु आवश्यक रहेको बताएका छन्। चाँडै रोग पत्ता लगाउने कुरालाई ध्यान दिनु र रोकथामको लागि बनाइएको रणनीतिलाई लागू गर्नु आवश्यक रहेको बताएका छन्।
– सहारा समयबाट

Back to top