श्रीमान भएको नाताले श्रीमती गर्भवती हुनु भनेको तपाईं को जीवनको पनि विशेष समय हो। यस्तो समयमा उहाँको शरीरमा शारीरिक मात्र नभई भावनात्मक परिवर्तनहरू पनि हुन्छन् । यस यात्रामा तपाईंको सानो साथ, माया र सहयोगले उहाँको मन र तनलाई ठूलो राहत दिन सक्छ।
यहाँ केही सजिला र प्रभावकारी तरिकाहरू छन्, जसले तपाईं श्रीमतीलाई राम्रो साथ दिन सक्नुहुन्छ:-
१. भविष्यको योजना बनाउनुहोस्
बच्चा जन्मिएपछि खर्च बढ्छ। त्यसैले:
- अस्पताल, बच्चाको समान, घरखर्चको हिसाब राख्नुस्।
- हरेक महिना केही रकम छुट्याएर बचत गर्न थाल्नुस्।
- आवश्यक परे आर्थिक सल्लाह पनि लिनुस्।
२. उहाँको भावना बुझ्ने प्रयास गर्नुहोस्
गर्भावस्थामा शरीरसँगै भावना पनि बदलिन्छ।
- उहाँको कुरा ध्यानपूर्वक सुन्नुस्।
- नझर्किनुहोस्, नरिसाउनुस्।
- “म तिम्रो सधैँ साथ दिनेछु” भन्ने सानो वाक्य पनि ठूलो सान्त्वना हुन्छ।
३. सँगै हाँस्नुस्, कुरा गर्नुस्
- रमाइला कुरा, पुराना सम्झनाहरू सुनाउनुस्।
- कहिले काहीँ मिलेर डायरी लेख्न सक्नुहुन्छ।
- एक-अर्कालाई समय दिनुहोस्।
४. डाक्टर भेट्न सँगै जानुहोस्
- जाँच गराउन जाँदा सँगै जानुहोस्।
- डाक्टरले के भन्नु भयो बुझ्न सहयोग गर्नुस्।
- प्रसवको तयारीमा पनि सहभागी हुनुहोस्।
५. बच्चा जन्माउने झोला तयारी गर्नुहोस्
- श्रीमतीको लुगा, ब्रश, साबुन, पानीको बोतल, मोबाइल चार्जर आदि राख्नुस्।
- बच्चाको लागि सानो कपडा र डायपर पनि राख्न नबिर्सनुहोस्।
६. प्रसवको (Labour) बेला सक्रिय रहनुस्
- उहाँलाई सहज महसुस गराउनुस्।
- पानी दिनुहोस्, हात समाउनुहोस् र सान्त्वना दिनुहोस्।
- डाक्टर वा नर्सले मागेको कुरामा सहयोग गर्नुहोस्।
७. बच्चा जन्मेपछि पनि साथ दिनुहोस्
- राती बच्चालाई हेरचाह गर्नुस्।
- डायपर फेर्न सकिन्छ भने फेर्नुस्।
- श्रीमती थाक्नुभएको छ भने आराम गर्न दिनुहोस्।
८. आफूलाई पनि नबिर्सनुहोस्
- राम्रो खाना खानुस्।
- निद्रा पुरा गर्नुस्।
- साथीभाइसँग कुरा गरेर मन हल्का पार्नुस्।
९. परिवार वा साथीबाट सहयोग लिनुस्
- एक्लै सबै गर्न गाह्रो हुन सक्छ।
- घरका मान्छे वा नजिकका साथीहरूलाई सानो सानो सहयोगको लागि आग्रह गर्नुस्।
- सँगै हुँदा काम गर्न सजिलो हुन्छ र मन पनि हल्का हुन्छ।
गर्भावस्था श्रीमतीका लागि विशेष र कठिन समय हुन सक्छ। तपाईंको साथले उहाँलाई बल, हिम्मत र सान्त्वना दिन्छ। उहाँको लागि तपाईंको साथ, सानो ध्यान र सान्त्वनाले गर्भावस्थाको चुनौतीहरू सजिलो बनाउँछ। सहयोग गर्न ठूला कुरा गर्नु पर्दैन; केवल प्रेम, धैर्य र साथले नै धेरै कुरा बदलिन्छ।
