Aamcha
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
pagetitle

गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

Homeगर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?
aamchacarePregnancy Care No Comments
13 Oct

गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिलाका लागि अनजान र चुनौतीपूर्ण हुन सक्छ। जब महिनावारी बन्द हुन्छ, तब मात्र महिलाले आफ्नो कोखमा गर्भ रहेको थाहा पाउँछन्, र यतिबेला सम्म २ देखि २.५ हप्ताको गर्भ रहिसकेको हुन्छ। गर्भधारणको प्रारम्भिक तीन महिना विशेष सावधानीको समय हो किनकि यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । यस्तो बेला सामान्य अवस्था भन्दा केहि गाह्रो हुन सक्छ । खासगरी यस अवधीमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । यसका लागि खानपानमा बिशेष ख्याल दिनुपर्छ।

१. फोलिक एसिडयुक्त आहार

गर्भावस्थामा चिकित्सकको सल्लाह अनुसार फोलिक एसिडयुक्त खानेकुराको सेवन गर्नु अत्यावश्यक हुन्छ। फोलिक एसिडले भ्रुणको विकासमा मद्दत गर्छ र यदि यसको कमी भएमा बच्चाको मस्तिष्कको विकासमा समस्या आउन सक्छ। फोलिक एसिडका प्रमुख स्रोतहरूमा हरियो सागसब्जी जस्तै पालक, मेथी, बन्दा, तथा ब्रोकाउली, चुकन्दर, फलफूलमा सुन्तला, कागती, भोगटे पर्छन भने अण्डा र दालहरू मा पनि फोलिक एसिड पाइन्छ।

२. भिटामिन बी-६

गर्भधारणको सुरुवाती दिनमा भिटामिन बी-६ महत्त्वपूर्ण हुन्छ। यसको राम्रो स्रोतहरूमा अन्न, माछा, र बदाम छन्, तर सबैभन्दा राम्रो स्रोत भनेको केरा हो।

३. फलफूल

गर्भावस्थामा फलफूलको सेवन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यस समयमा ताजा र पौष्टिक फलफूलहरू खानु अनिवार्य हुन्छ, जस्तै स्याउ, सिट्रस फलहरू (सुन्तला, कागती), र अन्य शक्ति प्रदान गर्ने फलहरू। यी फलफूलमा पाइने भिटामिन र खनिजले गर्भवती महिलाको स्वास्थ्यमा ऊर्जा र शक्ति दिन्छन्। तर, भूँइकटहर र मेवाको सेवन भने गर्न हुँदैन।

४. दुधजन्य उत्पादन

गर्भावस्थाको पहिलो महिनामा दूध र दुधजन्य पदार्थहरूको सेवन गर्नुपर्छ। दही, पनीर, र अन्य दुधका उत्पादनहरूले आवश्यक पोषक तत्वहरू जस्तै क्याल्सियम, प्रोटिन, भिटामिन डी इत्यादी प्रदान गर्छन्। गर्भवती महिलाले दैनिक एक लिटर दूध पिउनु लाभदायक हुन्छ।

५. फलामयुक्त खाना

फलामयुक्त खानेकुराले रगतको उत्पादनमा मद्दत गर्दछ र यसका लागि चुकन्दर, ड्राइ फुड्स, र पालकको सेवन गर्नुपर्छ। फलामको मात्रा पर्याप्त हुँदा रक्त संचार राम्ररी हुन्छ, जसले आमाको र गर्भको बच्चाको स्वास्थ्यलाई मद्धत गर्छ।

सामान्य सुझावहरू

गर्भावस्थामा उचित खानपान र जीवनशैलीले गर्भको स्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छ। यसैले, सन्तुलित र पौष्टिक आहार लिनु, पर्याप्त पानी पिउनु, र चिकित्सकको सल्लाह अनुसार कुनै पनि औषधि वा सप्लिमेन्ट लिने कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ। गर्भावस्थाको हरेक कदममा सावधानी अपनाएर स्वस्थ गर्भावस्थाको सुनिश्चितता गर्न सकिन्छ।

Share

Post navigation

  • गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?

Leave A comment Cancel reply

Category
  • Child Care
  • Family Care
  • Pregnancy Care
  • Women Health

Recent Articles

  • 13 October 2025
    गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?
  • 13 October 2025
    गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?
  • 13 October 2025
    गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू
  • 13 October 2025
    आमामा देखिने पोस्टपार्टम डिप्रेसन

Related articles

Get the latest insights, expert tips, and updates to stay informed and inspired.

13 Oct

गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?

के तपाईंलाई गर्भवती हुँदा बारम्बार पानी पिउन मन लागिरहेको छ? तपाईं एक्लो हुनुन्न। गर्भावस्थामा अत्यधिक तिर्खा

13 Oct

गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू

गर्भावस्था जीवनको सबैभन्दा सुन्दर र संवेदनशील समय हो, जहाँ एउटी आमाको शरीरमा नयाँ जीवन पलाउँदैछ। यो

13 Oct

आमामा देखिने पोस्टपार्टम डिप्रेसन

पोस्टपार्टम डिप्रेसन (Postpartum Depression) बच्चा जन्मेको केही समयपछि आमामा देखिने गम्भीर मानसिक स्वास्थ्य समस्याको एक प्रकार

Aamcha Pro

Complete care of mother and child.

Welcome to Aamcha, where Moms and Families Find Care, Connection, and Comfort.

Make Appointment

Trusted maternal care community platform, dedicated to the health, education, and empowerment of mothers and families.

Social Media
Icon-micare-facebook Icon-micare-instagram Icon-micare-linkedin2 Youtube
Need help ?
  • Chat on Whatsapp
  • Make an Appointment
  • FAQs
  • Contact Us
Quick Link
  • Home
  • About Us
  • Services
  • Courses
Contact Us
  • Chabahil, Kathmandu, Nepal 44600
  • mail@aamcha.com
  • (+977) 976-7988398
  • Chat on Whatsapp
  • ©Aamcha,
  • All Rights Reserved.
  • Privacy policy
  • Terms & Conditions