Aamcha
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
pagetitle

गर्भावस्थामा पेट किन दुख्छ?

Homeगर्भावस्थामा पेट किन दुख्छ?
aamchacarePregnancy Care No Comments
06 Oct

गर्भावस्थाको प्रारम्भिक अवस्थामा धेरै महिलाहरूमा तल्लो पेट दुख्ने समस्या सामान्य हुन्छ। यद्यपि यस्तो अवस्थामा चिन्ता गर्नु नपर्ने भए पनि, कहिलेकाहीं यसले जटिल समस्याको संकेत पनि दिन सक्छ, त्यसैले यसबारे जानकारी राख्नु उपयुक्त हुन्छ।

सामान्यतया, मन्द दुखाइ जो आराम गर्दा, शरीरको पोजिसन परिवर्तन गर्दा, वा हावा बाहिर निस्केपछि कम हुन्छ, त्यसले चिन्ता नलिनुहोस्। यस्ता दुखाइका निम्न कारणहरू हुन सक्छन्:

लिगामेन्टको दुखाइ:

जबसम्म बच्चा पाठेघरभित्र बढ्दै जान्छ, पाठेघरको छेउछाउमा रहेका सपोर्ट लिगामेन्टहरू तन्किन्छन्, जसले तल्लो पेटमा दुखाइ उत्पन्न गर्न सक्छ। यो दुखाइ प्रायः गर्भवती महिलाको तल्लो पेटको दायाँ भागमा हुन्छ, तर केही महिलाले बायाँ भाग वा दुवैतिर पनि दुखाइ महसुस गर्न सक्छन्। सामान्यतया, यो दुखाइ धेरै हिड्दा, लामो समय उभिँदा, वा छिटो छिटो हिड्दा बढ्ने गर्दछ, जबकि आराम गर्दा कम हुन्छ।

कब्जियतको कारणले हुने दुखाइ:

गर्भावस्थामा बढ्दै गएको पाठेघरले आन्द्रामा दबाब पार्न सक्छ, जसका कारण कब्जियतको समस्या हुन सक्छ। केही महिलामा अत्यधिक उल्टीले शरीरमा पानीको कमी गर्दा यो समस्या थप बढ्न सक्छ। यस्ता दुखाइ सामान्यतया दिसा गर्दा कम हुन्छ। यसका लागि पानीको मात्रा बढाउनु, रेशेदार सागसब्जीको सेवन गर्नु, र उल्टी कम गर्ने औषधि प्रयोग गर्नु महत्त्वपूर्ण छ।

हावा भरिएर:

गर्भावस्थाका क्रममा उत्पन्न हुने हर्मोनले आन्द्रालाई कम चल्न दिन्छ, जसले गर्दा पेटमा हावा भरिएर असहज महसुस हुन्छ र तल्लो पेट दुख्न सक्छ। यस्ता अवस्थामा एकैपटक धेरै खाना नखाई, थोरै-थोरै खाएर खाना खाने सल्लाह दिइन्छ। ग्यास उत्पन्न गर्ने खानेकुराबाट टाढा रहनु राम्रो हुन्छ।

लेबर पेन:

गर्भावस्थाको अन्तिम चरणमा जब प्रसुतीको समय नजिक आउँछ, तब पेटमा विशेष किसिमको पीडा महसुस हुन्छ। यो दुखाइ सामान्यतया हरेक पाँच मिनेटमा हुने गर्छ र पिडादायक हुन्छ। योनीबाट पानी र रक्तस्राव सुरु हुने पनि सम्भावना हुन्छ। कहिलेकाहीं यस्तो पीडा प्रसुतीको अवस्था सुरु हुन केही दिन पहिले नै अनुभव गर्न सकिन्छ, जसलाई “प्रीमेच्योर लेबर पेन” भनिन्छ।

यदि तल्लो पेट दुखाइसँगै निम्नलिखित अवस्था अनुभव भएमा, तुरन्त चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ:

  1. दुखाइसँगै रक्तस्राव भएमा।
  2. नियमित दुखाइसँगै तल्लो पेट कडा भएमा।
  3. फोहोर पानी बगेमा।
  4. ढाड वा कम्मर दुखेमा।
  5. पिसाब गर्दा पोल्ने अनुभव भएमा।
  6. अत्यधिक दुखाइ भएमा वा आराम गर्दा पनि कम नभएमा।
  7. चक्कर लाग्ने जस्तो भएमा वा कमजोरी महसुस हुँदा।
Share

Post navigation

  • बच्चाले खाना खान किन मान्दैनन्?
  • कस्तो अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्छ?

Leave A comment Cancel reply

Category
  • Child Care
  • Family Care
  • Pregnancy Care
  • Women Health

Recent Articles

  • 13 October 2025
    गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?
  • 13 October 2025
    गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?
  • 13 October 2025
    गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू
  • 13 October 2025
    आमामा देखिने पोस्टपार्टम डिप्रेसन

Related articles

Get the latest insights, expert tips, and updates to stay informed and inspired.

13 Oct

गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिलाका लागि अनजान र चुनौतीपूर्ण हुन सक्छ। जब महिनावारी बन्द हुन्छ,

13 Oct

गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?

के तपाईंलाई गर्भवती हुँदा बारम्बार पानी पिउन मन लागिरहेको छ? तपाईं एक्लो हुनुन्न। गर्भावस्थामा अत्यधिक तिर्खा

13 Oct

गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू

गर्भावस्था जीवनको सबैभन्दा सुन्दर र संवेदनशील समय हो, जहाँ एउटी आमाको शरीरमा नयाँ जीवन पलाउँदैछ। यो

Aamcha Pro

Complete care of mother and child.

Welcome to Aamcha, where Moms and Families Find Care, Connection, and Comfort.

Make Appointment

Trusted maternal care community platform, dedicated to the health, education, and empowerment of mothers and families.

Social Media
Icon-micare-facebook Icon-micare-instagram Icon-micare-linkedin2 Youtube
Need help ?
  • Chat on Whatsapp
  • Make an Appointment
  • FAQs
  • Contact Us
Quick Link
  • Home
  • About Us
  • Services
  • Courses
Contact Us
  • Chabahil, Kathmandu, Nepal 44600
  • mail@aamcha.com
  • (+977) 976-7988398
  • Chat on Whatsapp
  • ©Aamcha,
  • All Rights Reserved.
  • Privacy policy
  • Terms & Conditions